मनोरञ्जन

सन्त कुमार घर्ति मगरको संगीतमा ‘तिमीलाई माया गर्छु’ सार्बजनिक

माघ १५, काठमान्डौ । सन्जिव जिएम र मुस्कान जिएमको ‘तिमीलाई माया गर्छु’ बोलको लोकगित सार्बजनिक भएको छ । उक्त गितलाई मुस्कान जिएम र राधिका हमालको आवाज रहेको छ ।

सन्त कुमार घर्ति मगरको संगीत संकलन रहेको छ भने सन्जिव जिएमको शब्द रहेको छ ।

ज्योति फिल्म प्रिजेंसद्वारा उत्पादित म्युजिक भिडियोमा कलाकारहरु अरुशी मगर र रञ्‍जित तामांगको अभिनय रहेको छ । रामु बिरहीको एरेन्ज रहेको म्युजिक भिडियोलाई निरेन श्रेष्ठको निर्देशन रहेको छ ।

गायक तथा संगीतकार सन्त कुमार घर्ति मगरको आफ्नै युटुब च्यानल म्युजिक एसएनबाट भिडियो सार्वाजनिक भएको हो । घर्ति मगरले करिब आधा दर्जन भन्दा धेरै लोकगितमा म्युजिक दिईसकेका छन् भने केहि गीतमा भोकल समेत दिईसकेका छन् ।

भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *