स्वास्थ्य

चालकको लापरबाहीले रोल्पाका मनसुरको ज्यान गयो (भिडियो)

चार छोरी र एक छोराका बाबा मन्सुर ओली ३७ वर्षको आसपासमा पुगेका थिए, चालिस लाग्न बाँकी थियो । परिवारको लालन पालन गर्न उनि बिदेशियनन, बरु शहर पसे । स्वदेशकै माटोमा रमे, दुख सुख जे जस्तो भएपनि स्वदेशमै भोगे ।

कुर्सीमा बसेर काम गर्नका लागि त्यो शहरमा डिग्रीको माग थियो तर उनीसंग थियो त केवल भरियाको सिप ।

तुसारपानीका मन्सुर कालिमाटी तिर हान्निए ! जहाँ डिग्री रहित थुप्रै भरियाहरु रोजगाररथ छन् । उनीपनि त्यहि सामेल भए । उनले कालिमाटी भित्रने तरकारी बिहानै उठेर बोक्थे । गाडीमा आएको तरकारी ओसार पसार गर्दै दुई पैसा जोहो गरेर जेनतेन परिवारलाई बाँच्ने आधार दिईरहेका थिए ।

मङ्सिर तिर कालिमाटीमा कामगर्न फर्किएका थिए मन्सुर । समय समयमा घर आउने जाने गर्ने गरेको उनकी दिदि कमलाले बताईन । घरमा परिवारले बाख्रा पालन संगै खेति किसानी गरेर ४ छोरी र एक छोरालाई गाउँमा पढाइ रहेकी छिन ।

केहि दिन अघि आफु घरफर्किन लागेको कुरा बताएपछि, उनकी श्रीमतीले चैतमा आउन भनेकी थिइन् । पानी परेर बाटोघाटो चिप्लो भएकोले पछि आउन भनेको थिए तर आउनु भएछ भनेर श्रीमतीले रुँदै दिदीलाई सुनाईन । मन्सुर त्यतिधेरै बाहिर बस्दैनथे, प्राय परिवार संगै हुन्थे ।

मनसुरले दुरदराजमा रहेको आफ्नो घरको यात्रा तय गरे । खासगरि उनले बाख्रा पालनका लागि खोर निर्माण गर्ने सोंचका साथ् घर फर्किदैन थिए ।

घरमा आफन्त उनको आगमनको बाटो कुरेर बसेका थिए । काठमान्डौको रात्रि बस चढेर दाङ पुगेका मनसुर माघ ५ गते आइतबार बिहान दाङ रोल्पा जान जिपको टिकट काटे ! दाङ्ग देखि रोल्पा ओत घोर्नेटी जाने जिपको नम्बर थियो ‘मे १ ज १९१५’ ।

नेपालका पहाडी भूभागका सडक बाटोको कुरै नगरौ । मानौ ति सडक बाटोहरु मानब जिबनको जिन्दगिको अन्त्य गर्न धराप थापेर बसेका छन् । ति धराप युक्त सडक बाटोमा गुड्ने गाडीहरु पनि उस्तै थोत्रा र जिर्ण छन्, जसले दिनहुँ लाँस बनाई रहेका छन् ।

यात्रु सुरक्षार्थ यात्रु गाडीहरुको नियमन गर्ने निकाय कमिसनको खाडलमा मस्त डुबिरहेको छ । थोत्रा गाडिहरुले दिनहुँ लास बनाइ रहदा पनि उनीहरुको हृदय कत्ति पग्लिदैन । मानिलिउ कि उनीहरु पत्तथरको मुटुबाट निर्मित छन् ।

हुन त यात्रुहरुको सुरक्षार्थ चेक जांचका लागि हरेक ठाउँमा प्रहरी पोष्टहरु खडा गरिएको छ । तर ति सबै देखाउने हात्तिको दांत भएका छन् ! दुर्घटना झन् दिनप्रति दिन बढी रहेका छन ।

कुरा हुँदै थियो रोल्पाका मनसुरको टुङ्गिएको घर यात्राको । उनि चढ्ने जिपको यात्रु क्षमता भनेको खासगरी ६/७ जनाको हो । तर उक्त जिपमा १५ जना आच्च कोच्च गरेर बसे । जिपको छतमाथि पनि १५ क्विन्टल सिमेन्ट र मलखाद लोड गरिएको थियो ।

यति धेरै मालसामान नहाल्न यात्रुहरुले आग्रह गर्दा गाडी चालकले उल्टै यात्रुहरुलाई रिसाएको सोहि जिपमा सवार यात्रु नोखिराम घर्ती बताउछन । नेपालका गाडी समिति र गाडी चालकलाई कसले चलाउन सक्नु र । उनीहरुको दादागिरी दुर्घटनाको आर्को कारण पनि हो । उनीहरुलाई यात्रुहरु भेडाबाख्रा झैँ कोचेर यात्रा गर्न पाए पुग्छ ।

आखिर निरिह यात्रुहरुको के छ र उपाए ? भगवानलाई आत्मामा सांछी राखी जोखिम यात्रा गर्नु सिबाए, बिकल्प नै छैन । किनकि उनीहरु जसरि भएपनि गन्तब्यमा पुग्नुछ ।

यसरि जोखिमको यात्रा गर्दै उक्त्क जिप रोल्पाको सिम्पानी भन्ने ठाउमा पुग्यो । सिम्पानी देखि मन्सुर वलीलाई चालकले झुन्डिएर यात्रा गर्न भन्यो र उनि बसेको सिटमा महिला यात्रुलाई बस्न भने । र उनले झुन्डिएर यात्रा गरिरहेका थिए ।

यात्रुवाहक जिप रोल्पाको त्रिवेणी गाउँपालिका–४ हृवापखोलामा पुग्यो । केहि दिन अघि देखि पानी पर्दा कच्ची बाटो चिप्लो थियो । कच्ची सडक हुँदा खाल्डा खुल्डि परेर बाटो नै जोखिम पूर्ण थियो । त्यहि जोखिमपूर्ण खोलाको बाटोमा चालकले केहि स्पिडमा आइरहेको जिपलाई एक्कासि ब्रेक दिंदा जिप नै पल्टिन पुग्यो ।

मनसुर झुण्डिएकै साइड तिरै जिप गाडी पल्टीएपछि च्यापिएर मनसुरको घटना स्थलमै मृत्यु भयो र उनको घरको यात्रा त्यहि टुङ्गियो ।

उनका ४ छोरी र १ छोराहरु छन् । जेठी छोरी ११ कक्षामा र माइली छोरीले १० कक्षामा पढ्छिन । अरु अझै साना छन् । घरमा ७० पुगेको वृद्द आमा छिन ! दुई भाइ मध्यका जेठा छोरा हुन् मन्सुर वली ! कान्छा भाई भारत गएको बेला दुइ वर्षअघि उनको पनि उतै काल भयो ।

माडी गाउँपालिका – १, तुसारपानीका ३७ बर्षिय मनसुर वलीले चालकको लापरबाहीकै कारण ज्यान गुमाए । स्थानीय प्रहरीले क्षमताभन्दा अत्याधिक बढी सामान र यात्रु राखिएकाले उक्त दुर्घटना भएको जनाएको छ ।

१५ क्विन्टल सिमेन्ट र मलखाद बोकेर दाङ हुँदै सल्यान कपुरकोट लगायतका चेकपोष्टहरु पारगरेर रोल्पा पुग्दा समेत यात्रुको सुरक्षार्थ खडा गरिएका कैयौ चेक पोष्टहरु यस घट्ना प्रति अनूत्तरित छन् ।

दाङबाट सल्यान कपुरकोटका बिभिन्न प्रहरी चौकी र सल्यान कपुरकोटको प्रहरी समेतको चेक जाच पास हुँदै रोल्पा छिरेको उक्त जिपको यात्रु क्षमता ५/७ जना रहेको थियो तर उक्त जिपले १५ जना यात्रु र १५ क्वीन्टर धेरै सिमेन्ट र मलखाद बोकेको जिपले भार थाम्न नसकेपछि पल्टिएको हो ।

कच्ची बाटो र भर्खरै पानी परेकोले चिप्लो भएको सडकमा अत्याधिक भारका कारण जिप पल्टिएको स्थानिय एक प्रहरीले स्विकार्छन ।

त्यसो त रोल्पाका अधिकांस सवारी साधनहरुमा क्षमता भन्दा अत्याधिक भार राख्ने गरेको पाइन्छ। प्रहरीको चेक प्वाईन्ट नेर यात्रुको हुल पैदल अगाडि जान्छन र अलि पर पुगेपछि छतमा र भित्र कोचाकोच यात्रुलाई राखिन्छ। पैदल हिडेर गएकाहरु यात्रुनै हुन भन्ने बुझेको स्थानिय प्रहरीले कहिल्यै सोध खोज गर्ने गर्दैन। आफुहरुको आँखा छली गरिरहेको चालपाएर पनि कुनै एक्सन लिएको देखिदैन ।

गाउँ गाउँमा भर्खरै खुलेका अब्यबस्थीत सडकहरु जोखिमपूर्ण छन् । रोल्पा सल्यान र रुकुम चल्ने गाडिहरु निकै जोखिमयुक्त छन् । ठाउँ-ठाउँमा राखिएका प्रहरी जांच अड्डाहरुको फितलो निगरानीको कारण चालकहरुको अत्याधिक लापरबाही बढेको स्थानीय अर्जुन केसी बताउछन । उनि भन्छन, स्थानीयहरु प्रहरीले चेकजाँचमा भरपर्दो भुमिका ननिभाएका कारण दुर्घटना बढि भइरहेको छ ।

स्थानीय जनप्रतिनिधि प्रति पनि स्थानीयको उत्तिकै गुनासो छ ! सडक बाटोको राम्रोसंग मर्मत संहार नहुँदा थप जोखिम बनेको स्थानीयको दुखेसो छ ।

मन्सुरको दुर्घटना ओभरलोड त एउटा कारण हो नै, त्यसको आर्को कारण बिग्रिएको सडक बाटो पनि हो । बाटोघाटो मर्मत संहारमा स्थानीय तह गम्भिरी नदेखिए अझै ठुला दुर्घटनाहरु निम्तिने छन् ।

मनसुर जस्तै अन्य नागरिकहरुले अकालमै ज्यान गुमाउदै जाने छन् । चालक तथा प्रहरी प्रसासन र सरोकारवाला निकायको लापरबाहीले मानिसहरु मर्नु पर्ने छ । घरपरिवारलाई बेसहारा बनाई बिचल्ली पार्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *