स्वास्थ्य

धनु राशिको आजको राशिफल (०८ पौष २०७६ मंगलवार)

आजको राशिफल: धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

साप्ताहिक राशिफल: पुष ५ देखि ११ गतेसम्म धनु राशि को राशिफल

यो साता शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मासिक राशिफल : पुष २०७६ धनु राशि को राशिफल

यो महिनामा कार्य सिद्धिको योग छ । सोचेको भन्दा अधिक सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

बार्षिक राशिफल : विक्रम सम्वत् २०७६ धनु राशि को राशिफल

२०७६ साल धनु राशी भएका व्याक्तिहरुलाई वृहस्पतिले शुभ फल दिन खोजेपनि शनिग्रहको कारणले वर्ष भरि शनिको मध्य र अन्त्य साढेसाती रहेको कारण विविध समस्या झेल्नुपर्ने, अन्तिम समयमा आएर काम बिग्रिने, आरोप एवं प्रत्यारोप लाग्ने र शरीरमा आलस्य र मनमा नैरास्यता बढ्नेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको नकारात्मक फल लाग्दैन अत: शनिले शुभ फल प्रदान गर्नेछ ।

व्यापार/व्यवसाय
व्यापार व्यावसायमा उतार चाडाव आउनेछ । ऋणपनि खप्टीने भय छ । कसैलाई नगदी सापटी दिंदा पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनुहोला । सेयर बजार सामान्य नै रहनेछ । पहिरन तथा सजावटीमा गरेको लगानीबाट भने सफलता मिल्नेछ । आर्थीक दृष्टिले जेठ, असार र फाल्गुन महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । आफन्त संग रहेको पुरानो मनमुटाव समाप्त भई नयाँ सम्बन्ध कायम हुनेछ । प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नेछ । विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ ।

शिक्षा
पढाई लेखाईमा सामान्य नै रहनेछ । विज्ञान एवं गणित क्षेत्रका शिक्षार्थीहरूलाई उच्च सफलता मिल्नेछ । अध्ययनको शिलशिलामा विदेशको यात्रा हुनेछ । असार र मंसिर महिनामा विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

पेसा/रोजगार
यो वर्ष धनु राशी भएका व्याक्तिहरुलाई नयाँ जागिर वा रोजगार मिल्नेछ । प्रतियोगितामा नामपनि निस्कन सक्नेछ । तर शनि कम्जोर हुनेहरुकलागि भने ताके अनुरुप काम नबन्नाले दिक्क लाग्नेछ साथै सरकारी एवं प्रशासनिक निकायबाट भय रहनेछ ।

स्वास्थ्य
यो वर्ष नसा तथा छातीमा समस्या आउन सक्नेछ । हात गोडामा चोटपटकको भयपनि रहनेछ । प्रजनन शक्तिमा ह्रास आउने सम्भावना प्रवल छ ।

शुभ रङ्ग
पहेंलो, गुलाबी, खैराे, घ्यूरंग र सुन्तलारङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
सोमबार र शुक्रवार क्रमशः शिवजी र दुर्गाजीको दर्शन/पूजा गरे राम्रो हुनेछ । गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने र वर-पीपललाई उचित स्थानमा वृक्षारोपण गर्नले ग्रहपिडा कमभई भाग्य वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *