स्वास्थ्य

मकर राशिको आजको राशिफल (०८ पौष २०७६ मंगलवार)

आजको राशिफल: मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

साप्ताहिक राशिफल: पुष ५ देखि ११ गतेसम्म मकर राशि को राशिफल

कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मासिक राशिफल : पुष २०७६ मकर राशि को राशिफल

यो महिनामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग निलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

बार्षिक राशिफल : विक्रम सम्वत् २०७६ मकर राशि को राशिफल

मकर राशी हुनेहरूकालागि २०७६ साल चुनौतिपूर्ण रहनेछ । धेरै मिहनेत गरेर थोरै मात्र प्रतिफल पfईनेछ । वर्ष भरिनै बृहस्पतिले बुद्धिलाई तीक्ष्णता प्रदान गर्नेछ । बृहस्पतिले नै गर्दा ख्याती कमाउने योग बन्नेछ । शनिको साढेसातीको प्रभावले जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभ फल प्राप्त हुनेछ अन्यथा शनि कमजोर हुने जातकहरुकालागि यो वर्ष आद्य र मध्य साढेसाती रहेको कारण झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भयपनि रहनेछ ।

व्यापार/व्यवसाय
मकर राशी हुनेहरूकालागि व्यापार दृष्टिले यो वर्ष मध्यम नै रहनेछ । धेरै समय देखि रोकिएका धन हात पर्नेछ । वैदेशिक लगानीको अवसर मिल्नेछ । आभूषण तथा कपडाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने कमजोर रहनेछ । घरजग्गाको कारोवारमा समस्या आउनसक्छ । आर्थिक दृष्टिले साउन, असोज र पुष महिनामा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला अन्यथा नोक्सानी हुनसक्छ ।

प्रेम/सम्बन्ध
प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । सहकर्मी तथा आफन्तसंग मनमुटाव कम भएर जानेछ । प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । कार्तिक बाट घरमा आफन्त तथा प्रेमीसंग केही अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुनेछ ।

शिक्षा
यो वर्ष विशेषगरी प्राविधिक (technology) तथा विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । शैक्षिकक्षेत्रबाट बैसाख र माघ महिनामा अधिक सफलता मिल्नेछ । वैदेशिक विद्यार्थीहरूले मानोवाञ्छित सफलता पाउनेछन् ।

पेसा/रोजगार
यो वर्ष नयाँठाउँमा लगानी वा नयाँ रोजगारको अवसर मिल्नेछ । सरकारी जागिर खानेहरूका लागि पनि यो बर्ष स्थानान्तरणको योग छ । मुद्दा मामिला तपाईको पक्षमा नहुन सक्छन् । वैदेशिक रोजगारमा रहेकाहरुका लागि भने आर्थिकपक्ष केहि कमजोर रहने देखिन्छ ।

स्वास्थ्य
मुख तथा दाँतमा समस्या आउन सक्छ । खुट्टामा चोटपटकको भय रहनेछ । असार सावनम ज्वरो आउन सक्नेछ ।

शुभ रङ्ग
पहेंलो, हरियो, खैरो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६, ७ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
दुर्गाजीको दर्शन,पूजा एवं आरधना गरि दुर्गा पाठ गर्ने र शनिवार पीपलमा जल चढाउने, हरेक मंगलवार हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । भोका व्यक्ति र निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले अधिक सफलता मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *