स्वास्थ्य

कुम्भ राशिको आजको राशिफल (०८ पौष २०७६ मंगलवार)

आजको राशिफल: कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

शुभ समाचार सुन्न पाईएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

साप्ताहिक राशिफल: पुष ५ देखि ११ गतेसम्म कुम्भ राशि को राशिफल

यो साता भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग पहेंलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मासिक राशिफल : पुष २०७६ कुम्भ राशि को राशिफल

यो महिनामा जोश, जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । वाहान लाभ हुने समय आएको छ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

बार्षिक राशिफल : विक्रम सम्वत् २०७६ कुम्भ राशि को राशिफल

यस वर्ष कुम्भ राशी हुनेहरूकालागी आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । शान्त मनले बुद्धिको उपयोग गर्नाले जटिला ठानिएको काम सहज बन्नेछ । वृहस्पतिको प्रभावले गर्दा भौतिक सुख तथा वाहन लाभ हुनेछ । फाल्गुन ४ गतेबाट शनिको आद्य साढेसाती रहेको कारणले गर्दा कार्यमा उल्झन आई नराम्रा समचार सुन्नमा आउने र बिदेशको यात्रा गराउनेछ । अरुग्रह गोचर भने सामान्य रहनेछ ।

व्यापार/व्यवसाय
नयाँ कार्यको थालनी हुनेछ । कृषि तथा चौपयामा गरेको लगानी फस्टाउनेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्र राम्रो हुनेछ । होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । फाल्गुन ४ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । आर्थिक दृष्टिले बैशाख, सावान र पुष महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी/प्रेमिकाका बिच प्रेमका कोपिला फक्रनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । अधिकांस प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाहपनि सम्पन्न हुनेछन् तर सन्तान पक्षको मायामा भने कमि आउनेछ ।

शिक्षा
पढाई लेखाईमा उल्लेख्य सुधार हुनेछ । विदेशिएका विद्यार्थीहरूलेपनि सफलता हाँसिल गर्नेछन् । प्राविधिक क्षेत्रमा शिक्षार्थीहरूलाईपनि उच्च सफलता मिल्नेछ । विज्ञान विषयभने कमजोर रहनेछ ।

पेसा/रोजगार
नयाँ कार्यको अनुभव मिल्नेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकनभई ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । तर शत्रु पछि पर्नाले सरकारी निकायको भय रहनुकासाथै अवागालपनि खेप्नु पर्नेछ । संचार क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई निकै राम्रो हुनेछ ।

स्वास्थ्य
हड्डी तथा रक्तसंचारको समस्या बढ्न सक्नेछ । पारिवारिको स्वस्थय उपचारमा अधिक खर्च हनेछ । वायु रोगको सम्भाब्यता बढ्नेछ अत: खानपानमा विचार पुर्याउनु होला ।

शुभ रङ्ग
निलो, हरियो, पहेंलो र घ्यूरङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६, र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
हनुमानचालिसाको पाठ एवं शिवजीको दर्शन आराधना र पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । शनिलाई खुसि पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *