स्वास्थ्य

मीन राशिको आजको राशिफल (०८ पौष २०७६ मंगलवार

आजको राशिफल : मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरुबाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

मनोरञ्जनमा सहभागीता भइएला । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

साप्ताहिक राशिफल : पुष ५ देखि ११ गतेसम्म मीन राशि को राशिफल

रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मासिक राशिफल : पुष २०७६ मीन राशि को राशिफल

यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । गरेको कार्यमा सफलता पाईनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ ।यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

बार्षिक राशिफल : विक्रम सम्वत् २०७६ मीन राशि को राशिफल

२०७६ साल मीन राशि भएका व्याक्तिहरुका लागि उत्कृष्ट रहनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै सन्तान सुख मिल्नेछ । भौतिक सुख तथा आफ्नो अनुकूलताको फलपनि पाईनेछ अत:अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ र घरमा मांगलिक कार्यको योग समेत रहेको छ । श्रावण र आश्विन महिनामा भने भाग्यमा ह्रास आउनेछ ।

व्यापार/व्यवसाय
मीन राशि भएका व्याक्तिहरुका लागि व्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष राम्रै प्रतिफल मिल्नेछ । बैदेशिक लगानीका लागि समय राम्रो छ । घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिने र विवाद पनि बढ्न सक्छ । सेयर बजारमा भने केहि उतारचढाव हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रबाटपनि प्रशस्त आम्दानि गर्न सकिनेछ । दृष्टिले असार, भाद्र र पुष महिना लाभ मिल्नेछ भने कार्तिक हानिकारक हुनसक्छ ।

प्रेम/सम्बन्ध
प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । मित्र वा परिवारबाट भरपूर सहयोग मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ ।

शिक्षा
शैक्षिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । पुराना ब्याक लागेका विषय कट्नेछन् । चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अधिक सफलता हाँसिल गर्नेछन् । ईन्जीनियरिंग विषयभने कमजोर नै रहनेछ ।

पेसा/रोजगार
यो वर्षमा नयाँ रोजगारको अवसर मिल्नेछ । प्रतिस्पर्धामा उत्तीर्ण भई नयाँ जागिरको अवसर सिर्जना हुनेछ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागिपनि राम्रो छ । मेडिकल पेसामा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । तरल तथा इन्धनमा गरेको लगानीबाटभने नोक्सानी बेहोर्नु पर्ला ।

स्वास्थ्य
स्वासप्रस्वास, कान तथा आँखामा समस्या बढ्नेछ । मधुमेह बढ्ने सम्भावना अधिक छ अत: सजक रहनु होला । सवारि साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला यात्रामा विशेष सावधानी अपनाउनु पर्नेछ ।

शुभ रङ्ग
रातो, पहेंलो, गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ३, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रहपिडा कमगर्न तथा सफलता प्राप्तिकोलागी दैनिक गणेशजी तथा विष्णुभगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । शनिवार महामृत्युञ्जयको जप तथा हनुमान चालीसाको पाठ गर्ने र कुकुरलाई रोटी दिनाले ग्रहपिडा कमभई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । निमुखा प्राणीहरूलाई आहार दिने र घरमा केराको वृक्ष लगाउनालेपनि भाग्यमा वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *