मनोरञ्जन

कमला घिमिरेले मनाईन जन्मदिन: जन्मदिनको शुभकामना

पछिल्लो समय सामाजिक सन्जालमा सर्वाधिक भाईरल भएकी बाल प्रतिभा हुन्, कमला घिमिरे । धादिँगकी कमला घिमिरेले ११ बर्षकै उमेरमा गाउँको एक कार्यक्रममा लाईभ दोहोरी गाएपछि उनको भिडियो गाउँकै एक मिडियाकर्मी समेत रहेका अमृत सापकोटाले फेसबुकमा हालेपछि उनको कलालाई सबैले शेयर गरे । पछि युटुब च्यानलहरु पनि उनको घरमै पुग्न थालेपछि कमला भाईरल बनिन् ।

यसैबिच कमला १२ बर्षकी भएकी छिन् र जीवनकै पहिलो पटक उनले केक काटेर आफ्नो जन्मदिन मनाएकी छिन् । इतिहासकै पहिलो पटक उनले र राजु परियारले गाएको लाईभ दोहोरीले १ करोड भ्युज पनि पायो ।

सानै उमेरमा चर्चाको सिखरमा पुगिन कमला । उनका फ्यानहरु लाखौ छन् । अझै प्रगतिको कामना सहिर जन्म दिनको शुभकामना छ ।

११ वर्षमै दोहोरी गाएर भाइरल भएकी कमला घिमिरे

एउटि ११ वर्षीय सानी बालिका ले के गर्न सक्छिन ?साथी संगि सङ्ग खेल्ने , स्कुल जाने , घरमा  नो तिनो काममा हात लगाउने ।। यदि हामीले यतिमात्र सोच्यो भने हामी गलत छौँ । एउटा १०-१२ वर्ष कि बालिका ले चाहे भने धेरै कुरा गर्न सक्छन् यस्तै उदाहरण बनेकी छिन कमला घिमिरे ।

११ वर्ष को सानै उमेरमा चर्चा बटुल्न सफल धादिङ बेसि घर भएकी कमला घिमिरे पछिल्लो समय सामाजिक संजाल फेस्बुक र युटुब हरुमा निकै नै भाइरल भैरहेकी छिन ।
चर्चित कलाकार हरु जस्तै दोहोरी गाउने कमललाको जस्तोसुकै विषयमा पनि तुरुन्तै दोहोरी फर्काउन सक्ने क्षमता देखेर दुनियाँ आश्चर्य चकित भएका छन ।।

नेपाल मै पहिलो ब्यक्ति हुन कमला जस्ले सानै उमेरमा यस्तो मिठो र कडा दोहोरी गाउन सक्छिन त्यो पनि दिग्गज ,वरिष्ठ , चर्चित बर्षौ देखी दोहोरी गाएर पोख्त भएका गायक हरु सङ्ग ।
कमला घिमिरे सामान्य परिवार मा जन्मिएकि हुन् उनकि आमा देबकी घिमिरे ले भने अनुसार उनी ६-७ वर्ष देखिनै गित गाउने गर्थिन , रेडियो टिभीमा गीत सुनेर गाउन सुरु गरेकी कमलाले रेडियो, टिभी दोहोरी कार्यक्रम मा गाएको सुन्ने र आफै दोहोरी फर्काउने गर्थिन ।

कमलाले बिद्यालय मा हुने गीत प्रतियोगिताहरुमा गीत गाएर थुप्रै पुरस्कार हरु हात पारी सकेकी छिन।
दोहोरी मा निर्धक्क गाउन सक्ने कमला नाच्न मा पनि तेत्तिकै अगाडि छिन , बहुप्रतिभाशाली कमला घिमिरे भविष्यमा चर्चित गायिका बन्ने सपना छ र उनको सपना पुरा गर्न हरेक नेपालीको साथको अपेक्षा गरेकी छिन ।।

ऊनी एउटा सामान्य परिवारको भएको र बुवा पनि साथमा नभएको कारण कमलालाइ केहि आर्थिक समस्या भने पक्कै छ तर यदि हरेक नेपाली ले एउटा उदाउँदो कला लाई उजागर गर्न कमला को सपना पुरा गर्न लागेउ भने अवस्य पनि एउटा राम्रो कलाकार को जन्म हुनेछ ।।

कमला घिमिरेको दोस्रो गीत जिन्दगी सार्वजनिक

भाईरल बालिका गायिका कमला घिमिरेको नयाँ गित अर्थात दोश्रो गीत बजारमा आएको छ। यस अघि कमला घिमिरेको पहिलो गित चिया छानेकोले राम्रो सफलता पाएको छ भने अझै पन गीत ट्रेन्डमा रहेको छ। यो संगै कमलाको लागि नयाँ नयाँ गीतको धेरै अफर आउने गरेको थियो भने आजै मात्र उनको दोश्रो गीत जिन्दगी बजारमा आएको हो।

त्यस्तै कमलाको अन्य गीतहरु पनि यतिबेला कमलाको छायांकन धमाधम भैइ रहेको छ। यस गीतमा कमला घिमिरेको र किशन विनायक को स्वर रहेको छ भने झलक संगीतम, रेशम ओली र कल्याण घिमिरेको शव्द संयोजन रहेको छ। गीतमा संगीत , अरेन्ज र मिश्रण झलक संगीतमको रहेको छ। त्यस्तै गीतमा चर्चित मोडेल करिश्मा ढकालको अभिनय रहेको छ।

११ बर्षिय बालिका गायिका कमला घिमिरेको अहिले देश तथा बिदेशबाट धेरै भन्दा धेरै माग बढेर गएको छ। देशमा हुने विभिन्न मेला महोत्सवमा पहिलो नम्बरको रोजाईमा कमला घिमिरे पर्ने गरेकी छिन।

कमलाको उपस्थिति भएको कार्यक्रममा हजारौं दर्शकको आगमन हुने गरेको छ । त्यस्तै कमला घिमिरे अब छिट्टै बिदेशको यात्रामा निस्कने तयारिमा रहेकी छिन। बिदेशमा हुने साङ्केतिक कार्यक्रममा कमलालाई निम्तो आउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *