Uncategorized

चोकचोक दाउरा बाल्न वडालाई निर्देशन

तुलसीपुर । दाङसहित पश्चिम तराइमा शितलहरले अध्यधिक चिसो बढेपछि तुलसीपुर उपमहानगरपालिकाले त्यसबाट जोगिनका लागि दाउरा बाल्ने भएको छ । उपमहानगरपालिका विपद व्यवस्थापन समितिले जाडोले सर्वसाधारणहरु कठ्याङ्गरिएको भन्दै विभिन्न सामुदायिक केन्द्रका साथै चोकचोकमा दाउरा वाल्नका लागि वडाहरुलाई निर्देशन दिएको छ ।

उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सर्वसाधारणको जीवन रक्षाका लागि यस्तो कदम चालिएको वताउनुभयो । यसैगरी अति विपन्न, न्यानो कपडा नभएका, संकटापन्न परिवारको पहिचान गरेर विपद व्यवस्थापन समितिमा वुझाउनका लागि वडालाई पत्राचार समेत गरिएको शाखा प्रमुख भिम खत्रीले जानकारी दिनुभयो ।

उहाँले पुस ४ गतेभित्र सबै विवरणल उपलब्ध गराइसक्ने गरी पत्राचार गरिएको समेत बताउनुभयो । वडावाट सिफारिस भएर आएका व्यक्तिहरुलाई उपमहानगरपालिकाले न्यानो कपडाको समेत व्यवस्था गर्नेछ । केही दिन यता अत्याधिक चिसोका कारण जनजीवन प्रभावित हुँदै गएको छ ।

क्षतिपूर्ति र कारबाहीको माग गर्दै पूर्व -पश्चिम राजमार्ग अवरुद्ध

महेन्द्रनगर, पुस २ । कञ्चनपुरको भीमदत्तनगरमा मङ्गलबार भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मृत्यु भएका भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ बर्षीय चन्द्रबहादुर तामाङ्गका परिवारलाई क्षतिपूर्ति र जीप चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरिएको छ ।

मंगलबार भीमदत्त नगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरित दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिँदा मोटरसाइकल चालक तामाङको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर मृतका परिवार र आफन्तले भाषीमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

प्रहरीले जीप चालक भीमदत्तनगरपालिका १० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएको जनाएको छ । मृतकको शव महाकाली अस्पतालमा परीक्षण भइहेको छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *