पत्रपत्रिका

यी हुन् उपमेयर जो आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने !

काठमाडौँ दक्षिणकाली नगरपालिका को उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनता*लाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधा*को लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् ।

०७५/०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी बजेट आवश्यक रहेको बताइन् । तामाङ्गले उक्त बजेट*बाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु मा.विलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागी पाखाचोक सप्ताह मूल ।

समारोह समिति र सोचन्द भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताह*बाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा गरेकी छन् । आजको युग आधुनिक शिक्षाको युग भएको बताउँदै नगरभित्रका सबै नागरिक*मा शिक्षाको पहुँच पुगोस भन्ने आफ्नो योजना रहेको बताइन् ।

यो पनि पढ्नुहोस

कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर

१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ । रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ ।

– अब तिम्रो विगत भनेको कथा जस्तै बनिसक्यो । आज नयाँ बिऊहरु धमाधम उम्रिदैछन् ।
– कुनै पनि कुरा आफूबाट गुम्यो भनेर कहिल्यै पनि दुखी नबन, किनकी जे कुरा गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउने पक्का छ ।
– सँधै ख्याल गर की तिमी गतिलो पखेटा लिएर जन्मिएका छौ । तर, तिमीले त्यो पखेटालाई प्रयोग गर्न भने सक्नुपर्छ ।

– एउटा कुरा विचार गर की तिमी समुद्रको कुनै एउटा थोपा कदापी होइनौ । तिमी त थोपा भित्रको एउटा समुद्र नै हौ ।
– कुनैपनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।
– तिम्रो काम माया खोज्नु कदापी होइन, तिमीभित्रको अवरोधलाई खोज्नु हो, जुन अवरोधले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैन ।

– कसैले तिमीलाई डर देखाउने या दुखी बनाउने गर्छ भने उसको वास्ता नगर ।
– कुनैपनि फूलहरु फुल्ने पानीको कारण हो, मेघ गर्जनको कारण होइन । त्यसैले तिमी ठूलो आवाजमार्फत होइन, शब्दहरु मार्फत बोल्ने गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *