पत्रपत्रिका मनोरञ्जन

दि भ्वाईस अफ नेपाल बिजेता राम लिम्बुले दृष्टिविहिन झुप्रिलाई गरे यति ठूलो सहयोग

द भ्वाइस अफ नेपाल रियालिटी सो जितेका राम लिम्बुले अछाम बिकट गाउमा बस्ने झुप्री भन्डारी लाई आफुले जितेको रकम बाट केही रकम भन्डारी लाई सहायोग गरेका छ्न । झुप्रइ भन्डारी पनि उन्लेनै जितेको रियालेटी सो मा भाग लिने यौटा प्रतिस प्रदी हुन राम लिम्बुले आफुले जितेको रकम बाट भन्डारी लाई रु पचास(५०) हजार रुपया सहयोग गरेका हुन ।

रियालेटी सो जितेर यस्तो राम्रो काम गर्ने मध्यमा यक पर्छ्न राम लिम्बू झापामा जन्मियका राम लिम्बुले प्रमोद खरेल को टिम बाट आगाडी बडेका थिय । उन्को गायकी लाई मन परायर उन्ले राम्रो फेन फोलोर बनायर रियालेटी सो मा राम्रो भोट पायका थिय राम लिम्बू यौटा सरल सोभाब का बेक्ती देखिन्छ्न उन्ले गरेको यो काम लाई ।

उन्का फेन गरु ले राम्रो मान्छे लाई भोट दियको ठानेका छ्न राम लिम्बु ले गरेक यो काम यक दम राम्रो छ र अरु बिजेता हरु ले पनि उनि बाट सिकुन भन्ने हाम्रो चाहाना छ । राम लिम्बू बाट अरु कुनै पनि सो का साथी हरु ले सिकुन यस्तै काम गर्दै जानू राम तिम्लाइ शुभकामना -cnnepal.com

ram limbu jhupri

झुप्रीलाई शिशिर भण्डारीले पनि सहयोग गर्ने

मंगलसैन नगरपालिका–६ तारेखाकी ३० वर्षीया झुप्री भण्डारी जन्मेदेखि नै दृष्टिविहीन हुन्। ६ जना भाइबहिनीमध्ये माइली झुप्री आँखा नदेखे पनि घरायसी कामकाज भने सबै गर्छिन्। पानी ल्याउने, खाना पकाउने, घरमा सरसफाइ गर्नेदेखि लिएर घाँसदाउरा गर्ने उनको दैनिकी हो। सबै काम गर्दा उनको साथी भने गीत नै हो । उनी जति बेला पनि गीत गाइराख्छिन्।

जब आफुलाई बिरक्त लाग्छ नि तब देउडा गीत गाउँछु, बिरह पोख्छु उनले काठमाडौं आउन अघि काठमाडौंप्रेससँग भनेकी थिइन्। प्राय उनी आमाले म जन्मिदै किन मारिनन्रु’ भनेर गीत गाउने गरेकी छन्। त्यसको पनि कारण छ उनी भन्छिन, ‘आँखा नदेखे पनि कान त छन् नी, सुन्छु। सबैले भनेको राम्रा–नराम्रा सुन्छु। अन्धी भनेको कुरा काटेको, होच्याएको मन पर्दैन त्यतिबेला बाँच्नै मन लाग्दैन।

झुप्रीको घरबाट २० मिनेट हिडेपछि पुगिन्छ, सामुदायिक रेडियो रामारोशन। एफएमबाट प्रसारण हुने लेकऔलका भाका’ कार्यक्रममा गीत गाउन उनी दैनिक रेडियोमा पुग्थिन्। उनी आफ्नो पीडा सधै देउडामार्फत पोख्थिन्। रेडियो गीत गाउन गएको पनि गाउँलेहरुलाई पच्दैन्थ्यो। किन यति दुःख गरीगरी रेडियोमा गीत गाउन गएकीरु गीत गाएर के पाउछेस् भन्थे उनले सम्झिन्।

जसले जे भनेपनि उनले गीत गाउन छोडिनन्। मेरो साथी भनेकै गीत त हो उनी भन्छिन्। यसैबिच भ्वाई अफ नेपालबाट बाहिरिएपछि झुप्रीलाई शिशिर भण्डारीले भेटेका छन् । झुप्रीको आँखा हाल्न शिशिरले सहयोग गर्ने बताए ।

000

झुप्री त काठमाडौं बाईगई –इन्द्रसरा खड्का

दिन मलाई वर्षदिन जति सम्झी रुना रुना,
आमाले मारिनन् किन मलाई हुँदा हुँदा।
आमा छन्ति खाउला लाउला भ्याका दुमै दिन
आमाले मारिदिनु पर्ने दुधलाई हुन किन?

झुप्री भण्डारीले यि चार पंक्ती गाउँदा उनका दर्शक मात्रै होइन, ‘द भ्वइस अफ नेपाल’का चारै जना ‘जज’ चकित परे। आस्था राउतले बज थिच्दा उनको अनुहारमा त खासै फरक परेन, उनका बुवाको अनुहार भने उज्यालियो। उनले हतारहतार आँशु पुछे।

अर्का चार पंक्ती गाउँदासम्म त दीप श्रेष्ठ, राजु लामा र प्रमाेद खरेलले कुर्सी घुमाइसकेका थिए। जजहरु आफूतिर फर्केको त उनले चाल पाइनन्, उनका बुवा बालाराम भण्डाराी र उनलाई भ्वाइस अफ नेपालमा ल्याउने कमल संघर्ष भने भाव विभोर भए। जजहरुको पनि बोलि फुटेन।

त्यतिबेला उनको गाउँ अछामको मंगलसैन नगरपालिका–६ तारेखामा भने बाजा बज्न थालिसकेका थिए। टिभी स्क्रिन अगाडि झुम्मिएका स्थानीय बासिन्दाले खुशियालीमा बनाइने बाजा बजाएको झुप्रीकी गाउँले ईशा भण्डारीले सुनाइन्। ‘गाउँमा त सबै खुशीले नाचे,’ ईशाले भनिन्।

उनी गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’को दोस्रो संस्करणको डिजिटल अडिसनमा पहिलो राउन्डबाट छनोट भएकी छन्। उनले सुदुरपश्चिममा गाइने ठाडीभाका प्रस्तुत गरेकी थिइन्। उनले गाएको गीत र भनाइले धेरैको मन छोयो। जजसमेत भावुक बने। दर्शकहरु आँशु पुछिरहेका थिए।

झुप्रीको गीति यात्रा

मंगलसैन नगरपालिका–६ तारेखाकी ३० वर्षीया झुप्री जन्मेदेखि नै दृष्टिविहीन हुन्। ६ जना भाइबहिनीमध्ये माइली झुप्री आँखा नदेखे पनि घरायसी कामकाज भने सबै गर्छिन्। पानी ल्याउने, खाना पकाउने, घरमा सरसफाइ गर्नेदेखि लिएर घाँसदाउरा गर्ने उनको दैनिकी हो।

सबै काम गर्दा उनको साथी भने गीत नै हो । उनी जतिबेला पनि गीत गाइराख्छिन्। ‘जब आफुलाई बिरक्त लाग्छ नि तब देउडा गीत गाउँछु, बिरह पोख्छु,’ उनले काठमाडाैं आउन अघि काठमाडाैंप्रेससँग भनेकी थिइन्।

प्रायः उनी ‘आमाले म जन्मिदै किन मारिनन्?’ भनेर गीत गाउने गरेकी छन्। त्यसको पनि कारण छ, उनी भन्छिन, ‘आँखा नदेखे पनि कान त छन् नी, सुन्छु। सबैले भनेको राम्रा–नराम्रा सुन्छु। अन्धी भनेको, कुरा काटेको, होच्याएको मन पर्दैन, त्यतिबेला बाँच्नै मन लाग्दैन।’

झुप्रीको घरबाट २० मिनेट हिडेपछि पुगिन्छ, सामुदायिक रेडियो रामारोशन। एफएमबाट प्रसारण हुने ‘लेकऔलका भाका’ कार्यक्रममा गीत गाउन उनी दैनिक रेडियोमा पुग्थिन्।

उनी आफ्नो पीडा सधै देउडामार्फत पोख्थिन्। रेडियो गीत गाउन गएको पनि गाउँलेहरुलाई पच्दैन्थ्यो। ‘किन यति दुःख गरीगरी रेडियोमा गीत गाउन गएकी? गीत गाएर के पाउछेस् भन्थे,’ उनले सम्झिन्।

जसले जे भनेपनि उनले गीत गाउन छोडिनन्। ‘मेरो साथी भनेकै गीत त हो,’ उनी भन्छिन्।

अछामदेखि काठमाडौं

कमल संघर्ष, झुप्रीका गाउँले र नातेदार पनि हुन्। काठमाडौको अडिसनमा पुर्‍याउन कमलले नै प्रयास गरे। ‘द भ्वाइस अफ नेपाल’को दोस्रो संस्करण खुले लगत्तै देशभरका २२ हजारले फम भरे। कमलले पनि झुप्रीको अडियो, भिडियोसहितको फारम भरिदिए।

फारम भरेका २२ हजारमध्ये देशभरबाट एक सय १० जना छनोट भए। एक सय १० जनाभित्र झुप्री पनि अटाइन्। उनलाई सानैदेखि चिनेको भएकाले भ्वाइस अफ नेपालका लागि प्रयास गरेको कमलले कार्यक्रममा बताएका छन्।

उनी छनोट भइसकेपछि कमल र उनका बुवाले झुप्रीलाई काठमाडौं ल्याए। ‘उनीप्रति गाउँलेको दृष्टिकोण परिर्वतन गर्न भएपनि केही न केही गर्नुपर्छ भन्ने लागेको थियो, भ्वाइस नेपालले त्यो अवसर जुर्‍यो,’ कमलले कार्यक्रममा भनेका छन्।

काठमाडाैंमा भ्वाइस अफ नेपालकाे स्टेजमा गाउँदै झुप्री भण्डारी।

काठमाडाैंमा भ्वाइस अफ नेपालकाे स्टेजमा गाउँदै झुप्री भण्डारी।

उनी भ्वाइस अफ नेपालको अर्को चरणका लागि छनोट भएपछि गाउँले पनि खुशी भएका छन्। उसो त उनीहरू झुप्री काठमाडौं आएपछि नै चकित परेका थिए।

उनी भ्वाइस अफ नेपालका लागि आएको सुनेपछि सोध्दा उनका गाउँले भन्थे, ‘झुप्री त काठमाडौं बाईगई।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *