काठमाण्डौ। चर्चित बाल गायिका कमला घिमिरेको तेस्रो गीत सार्वजनिक भएको छ। वान टु वान टु’ बोलको गीतमा कमला गायक सञ्जीव सिंह रानाको साथमा देखिएकी छन्। गीतमा सञ्जीव र कमलाको आवाज रहेको छ। गीतमा कमलाको गायकी सँगसँगै नृत्य पनि रहेको छ।
यस अघि दुई वटा गीत निकालेर सारा दर्शकको मन जित्न सफल कमलाको नयाँ तेस्रो गीतले पनि दर्शकको उत्तिकै माया पाउने अनुमान गरिएको छ। कमलाको यस गीतको शब्द र उत्कृष्ट भिडियोको हिसाबले पक्का अत्यधिक दर्शकको साथ पाउनेमा दुई मत छैन्।
यो भिडियो मा ‘वान टु वान टु हेलिकप्टर चढेर जान्छु काठमाडौँ’ बोलको गीत निकै दमदार बनेको छ। कमला घिमिरे भाइरल भएपछि उनको माग अहिले देश तथा विदेशमा हुने गरेका छ। कमलाको स्वरमा रहेको गीत र दोहोरी सबैले मन पराउने गरेका छन्।
उनको दोहोरी गाउने शैलीलाई सबैले वाह वाह गरेका छन्। कमला घिमिरे म्युजिक भिडियो र प्रत्यक्ष दोहोरीमा मात्र होइन टिकटक भिडियोहरुमा पनि देखिन्छिन्। उनको दोहोरी र गीत गाउने शैलीलाई देशमा हुने विभिन्न सांगितिक कार्यक्रम र मेला महोत्सवमा कमला घिमिरे पहिलो रोजाई मा पर्ने गरेकी छिन्।
भिडियो सहित।
रामारोशन बारे मिठो लोकदोहोरी, ‘माया नमार’
काठमाडौं। गायक सज्जन धामी, सानु सुनवार र स्मृति राइको आवाजमा रहेको गीत ‘माया नमार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सुदूरपश्चिमको पर्यटकिय क्षेत्रलाइ बर्णन गरिएको उक्त गीत सज्जन धामि युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।
उक्त गीतमा लय शब्द डम्बर रोकायाको रहेको छ’ भने एरेन्ज विशाल निरौला मिक्सिङ मार्टरिङ खडक बाजुरेलिको रहेको छ।
कला सस्कृतीको जगेर्ना र सुदूरपश्चिममा बोलिने भाषा सहित त्यो क्षेत्रलाइ देश तथा बिदेशमा पनि परिचित बनाउनु पर्दछ भन्ने मान्यता राख्दै र्यापर गायक सर्जक तथा निर्देशक टेकराज अछामिले बताए। निक्कै नै मिठो बनेको गितको रेकर्डिङ मालाश्री स्टुडियो बाट रेकर्ड गरिएको हो।