Uncategorized

बुद्धको मूर्ति तोडफोड गरेर खासै फरक पर्दैन : बाँस्कोटा

काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान् गौतमबुद्धको प्रतिमा तोडफोड भएको घटनाले कुनै फरक नपर्ने बताएका छन् । उनले यो घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने पनि जनाएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भावमा खलल हुन नसक्ने बताए ।

बुद्ध प्रतिमाहरु तोडफोड गर्नेको खोजी भइरहेको भन्दै उनले दोषीहरुलाई कानुनको दायरामा ल्याइने बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहले शक्ति सन्चयका लागि वार्ता गर्न खोजेको भए सरकारले वार्ता नगर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *