समाचार

बोल्दाबोल्दै आँखाभरि आँशु निकाल्दै भक्कानिए प्रधानमन्त्री ओली (भिडियो)

असार २९ काठमाडौँ । सँधैजसो हँसिलो अनुहार र व्यंग्यात्मक प्रस्तुति दिएर सबैलाई हँसाउने प्रधानमन्त्री केपी शर्मा ओलीको आजको प्रस्तुति भिन्न रह्यो।

भानु जयन्तीको अबसरमा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा बोल्दै ओली लगातारको बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाएकालाई स्मरण गर्दै भावुक बनेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीको आखाँमा टिलपिल आशुँ स्पस्ट देख्न सकिन्थ्यो। देश बाढी र पहिरोले थिचिएको छ उनले भने कबि भूपीको कबिताभन्दा कमजोर हालत छ मेरो आज देश शोकमा डुबेको छ सयौँ घर डुबेका छन् थुप्रै मानिसको निधन भएको छ कयौं बेपत्ता छन् मेरो मन भारी भएको छ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३३ जना बेपत्ता छन्।

भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *